सोलुखुम्बुको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारले जित्नै पर्छः केसी

काठमाडौं, २० कात्तिक । कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।सोलुखुम्बुमा आयोजित बृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०÷४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको उनले बताए । उनी सोलुखुम्बुमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको दाबी गरे । सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत रहन आग्रह गर्दै उनले आफू केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने व्यक्ति भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे ।

६ पटक चुनावी प्रतिस्पर्धामा उनी चारपटक निर्वाचित भएका थिए । ‘मैले ६ पटक चुनाव लडेँ । चारपटक जिताउनु भयो, दुईपटक पराजित भएँ,’ नेता केसीले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको । पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ ।’

पाँचदलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो । म पाँच दलको साझा उम्मेदवार हुँ । पाँच दलको सहयोगमा मैले चुनाव जित्छु नै, यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु ।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए । संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖