अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि गाईघाटका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

उदयपुर – पछिल्लो समय गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीकाे आकर्षण बढेकाे छ। अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेकाे हाे ।

पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेवरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ ।

त्रियुगा नमुना माविका प्रधानाध्यापक सुवास विष्टका अनुसार छ वर्ष अघिदेखि विद्यालयमा नेपालीसँगै अङ्ग्रेजीमाध्यममा पठनपाठन सुरु गरेकाले विद्यार्थीको सङ्ख्या बढेको हो ।

प्रत्येक कक्षामा अधिकतम ४० देखि ५० विद्यार्थीको कोटा निर्धारण गरी भर्ना अभियान सुरु गरेपछि अहिले एउटै कक्षामा भर्ना हुन आउने सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको विद्यालयका सहायक प्रधानाध्यापक भोला केसीको भनाइ छ ।

‘अङ्ग्रेजीमाध्यममा अध्यापन सुरु भएपछि पहाडी क्षेत्रका विद्यार्थी पनि आउन थालेका छन् ।’ बालमन्दिर मावि गाईघाट बोक्सेका प्रधानाध्यापक जङ्गबहादुर खड्काले भन्नुभयो, ‘पाँच वर्षदेखि अङ्ग्रेजी भाषामा पनि पठनपाठन सुरु गरेपछि बर्सेनि दोब्बरको सङ्ख्यामा वृद्धि भइरहेको छ ।’

उहाँका अनुसार पाँच वर्ष अगाडिसम्म एउटा कक्षामा मुस्किलले एक सय जना आउने गरेकोमा अहिले एउटै कक्षामा तीन सयदेखि पाँच सयसम्म विद्यार्थीले भर्नाका लागि आवेदन दिने गरेका छन् ।

त्रियुगा नगरपालिका–९ राजाबासको अम्बेवर माविमा पनि भर्नाका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षक दानबहादुर कटुवालले बताउनुभयो ।

सरकारी विद्यालयमा जनशक्ति, व्यवस्थापन, भौतिक सुधारसँगैे अङ्ग्रेजीमाध्यमबाट पठनपाठन सुरु भएपछि विद्यार्थी तथा अभिभावकको आकषर्ण बढेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतको भनाइ छ ।

अहिले कतिपय सरकारी विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गरेका छन् भने विद्यालयमा प्राविधिक विषयकाे पनि पठनपाठन सुरु गरिएको छ । जनतामावि लक्ष्मीपुरका शिक्षक हरिप्रसाद पराजुली पछिल्लो समय सरकारी विद्यालयहरु पनि निजी विद्यालय जत्तिकै अब्बल बन्दै जाँदा विद्यार्थीकाे आकर्षण बढेको बताउनुहुन्छ ।

अहिले नगरभित्रका केही सरकारी विद्यालयमा कम्युटर शिक्षा, सिभिल इञ्जिनीयरिङ, कृषि, कानुनलगायतका विषय पनि अध्यापन हुन थालेको छ । ‘नयाँ शैक्षिक सत्र सुरु हुनासाथ विभिन्न ठाउँबाट विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन्’, त्रियुगा नमुना माविका सहायक प्रधानाध्यापक विदुर खड्का भन्नुभयो, ‘धेरै विद्यार्थी भएपछि प्रवेश परीक्षा लिएर भर्ना गर्ने गरेका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।