पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

झापा, ३ साउन । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।

आव २०७८÷७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा आव २०७९÷८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा रु तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ ।

यसैगरी, गत आवको तुलनामा आव २०७९÷८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आव २०७९÷८० मा रु तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

उहाँले अघिल्लो वर्षको तुलनामा रु ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताउनुभयो । आव २०७८÷७९ मा रु दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो ।

अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आव २०७९÷८० मा रु ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा रु ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८÷७९ मा रु ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो ।

अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, आव २०७९÷८० मा रु ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा रु २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८÷७९ मा रु ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा रु एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ । जवकी आव २०७८÷७९ मा रु १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो ।

यसैगरी, आव२०७९÷८० मा रु एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ । जवकि आव २०७८÷७९ मा रु आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ ।
पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।