लम्पी स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित

टक्सार (भोजपुर), ७ साउना । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो ।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्दथ्यो । “समयमा वर्षात् नभएको कारण रोपाइँमा त ढिलाइ थियो नै, फेरि पशुचौपायामा देखिएको लम्की स्किनका कारण पनि रोपाइँमा यस वर्ष ढिला भयो”, उहाँले भन्नुभयो ।

जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्कानुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ ।

कृषक कुमार खड्काले समयमा वर्षात् नहुँदा र लम्पी स्किन रोगबाट गोरु मरेपछि रोपाइँ गर्न ढिला भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “ समयमा पानी परेन ,फेरि रोपाइँ गर्ने समयमा गोरुमा पनि रोग देखापर्यो ।” आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता रहेका कृषकलाई भने रोपाइँमा बढी समस्या हुने गरेको छ ।

“रोपाइँका लागि कृषक खेतीमा व्यस्त थिए । पानीको समस्या भए पनि कुलो भएकोठाउँमा त रोपाइँ गर्न सकिन्थ्यो, सोही बेला पशुचौपायामा लम्की स्किन रोगले गोरु नै मर्ने अवस्था आयो । यसका कारण पनि समयमा रोपाइँ सम्पन्न हुन सकेन”, कृषक रणबहादुर थापाले भन्नुभयो ।

जिल्लामा पछिल्लो समयमा हात्ते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धान रोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्र जनाएको छ । कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकुलगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।