मृत भेटिइन् २० वर्षीया नन्दा

गोकुलेश्वर । डडेल्धुराको आलितालमा एक युवती मृत फेला परेकी छन् । आलिताल गाउँपालिका– ७, खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज बिहान मृत फेला परेकी हुन् ।
दुर्गा मावि आलितालको कक्षा १२ मा अध्यनरत साउद घरनजिकैको पहिरोमा मृत फेला परेको स्थानीयले बताएका छन् ।

घरनजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान साढे ६ बजे फेला परेको थियो । उनी हिजो रातिदेखि घरबाट हराएकी थिइन् । रातभरि खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए । घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ ।

प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖