पानी माग्दै धनुषाको प्रसिद्ध धनुष मन्दिरमा दूध चढाइयो

जनकपुरधाम । लामो समयदेखि वर्षा नभएपछि पानी माग्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दूध चढाइएको छ ।

आज दूध अर्पण कार्यक्रमको आयोजनागरी साधुसन्त र पूजारीले धनुष मन्दिरमा दूध अर्पण गरेका हुन् । मन्दिरमा दूध चढाउन आज स्थानीयले दूध संकलन गरेका थिए । ती सबै दूध मन्दिरमा चढाइएको छ ।

आकाशे वर्षा नभएकाले खडेरी पर्ने चिन्ताले सर्वसधारणलाई सताएको छ । किसान धान रोप्न पाएका छैनन् । मधेशको उत्तरी क्षेत्रको खानेपानीको हाहाकार भएको छ । हाते कल (चापाकल), पोखरी र इनारहरु समेत सुक्न थालेको छ ।

त्रेतायुगमा भगवान रामले माता सीतासँग विवाह गर्नका लागि धनुष तोडेका थिए । तोडिएको धनुषको एउटा टुक्रा आकाश, एउटा पाताल (धर्ती) र एउटा टुक्रा धनुषाधाममा खसेको धार्मिक विश्वास छ । अहिले पनि धनुषाधाममा धनुषाको टुक्रा देख्न सकिन्छ ।

भगवान रामले तोडेकै धनुषको टुक्राको अवशेष अहिले पनि रहेकाले त्यस ठाउँको नामाकरण धनुषाधाम गरिएको छ र त्यहाँ धनुष मन्दिर पनि निर्माण गरिएको छ । उक्त मन्दिरमा दूध अर्पण गरेपछि वर्षा हुने र खडेरी नपर्ने मान्यता छ ।

सोही मान्यताको आधारमा आज धनुष मन्दिरमा दूध चढाइएको स्थानीयले बताएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।