पूर्वीनाकाबाट भन्सार छलेको सामान बरामद

झापा, १३ साउन ।गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।

शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शङ्कास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । “बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन”, रेग्मीले भन्नुभयो, “उक्त कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौँ ।”

थप अनुसन्धान गरी कानुनी कारबाही लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।