उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
रुकुम पश्चिम – जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ । आज बुधवार बिहान मुसिकोट नगरपालिका–७ साँखको बैरीदहबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार बैरीदहकाे उनिउँको झाडीमा तीन थान भरुवा बन्दुक फेला परेकाे हो । बरामद भएका भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान शुरु गरिएको छ ।
तीन दिनअघि मात्र पनि प्रहरीले मुसिकाेट–७ काे ग्यामखोलाकाे जङ्गलको ओडारबाट सात नाल भरुवा बन्दुक बरामद गरेको थियो ।


