सस्तियो ब्रोइलर कुखुरा , तीन हप्तामै किलोमा ६० रुपैयाँ घट्यो

काठमाडौं । पछिल्लो समय ब्रोइलर कुखुराको मासु सस्तिएको छ । स्वदेशमै ब्रोइलर कुखुराको उत्पादन बढेपछि मूल्य पनि घट्दै गएको हो ।

असार २५ गतेदेखि घट्न सुरु भएको ब्रोइलर कुखुराको मूल्य हालसम्म जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ६० रुपैयाँसम्म घटेको छ । यसो त असार २५ गतेभन्दा अघिसम्म ब्रोइलर कुखुराको बिक्री मूल्य ३ सय १० रुपैयाँ रहेको थियो । तर, हाल भने मूल्य सस्तिएर जिउँदो प्रतिकिलो २ सय ५० रुपैयाँ कायम भएको छ ।

हाल नेपाली बजारमा उच्च उत्पादनका कारण ब्रोइलर कुखुराको मूल्य सस्तिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । हाल बजारमा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो ३ सय ८० रुपैयाँसम्म बिक्री वितरण भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।