खोटाङमा वर्षा र पहिरोका कारण सबै ग्रामीण सडक अवरुद्ध

खोटाङ, २३ साउन (रासस) : अविरल वर्षासँगै आएको भलबाढी तथा पहिरोका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुहरु घण्टौँ पैदलयात्रा गर्न बाध्य भएका छन् ।

हिउँदको समयमा यहाँका दशवटै स्थानीय तहमा सवारी साधन सञ्चालन भए पनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण यातायात अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङको भनाइ छ ।

“कच्ची अवस्थामा सञ्चालनहुँदै आएको ग्रामीण सडक लगातार परिरहेको भारी वर्षाका कारण अवरुद्ध भएको छ । बर्सेनि अवरुद्ध हुँदै आएको सडक बाह्रैमहिना सञ्चालनमा अहिलेसम्म कसैले चासो दिएका छैनन्”, उहाँले भन्नुभयो, “अवरुद्ध सडक बाह्रैमहिना सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यसमा हामी यातायात व्यवसायी सम्बन्धित निकायलाई सहयोग गर्न तयार छौँ ।”

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा लगायतका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष ढिलो वर्षात सुरु भएको र अहिले आएर लगातार परिरहेको पानीका कारण यहाँक सबै ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले बताउनुभयो । गत चैतबाटै अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइए पनि केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण पुनः अवरुद्ध भएको हो ।

सगरमाथा राजमार्ग अन्तर्गत तराई जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत गर्ने यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको खोटाङ उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजन आचार्यले बताउनुभयो ।

कालोपत्र गरेर सञ्चालनमा ल्याइएको दिक्तेल–काठमाडौँ सडकसमेत लगातारको वर्षाका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरिरहनुका साथै भलबाढीले अवरुद्ध हुने गरेको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत जेठ र असारमा नगरका सबै वडामा बाह्रैमहिना यातायात सञ्चालन गर्नेगरी जनश्रमदानमार्फत सडक मर्मत गरे पनि उक्त प्रयास असफल भएको छ । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् । विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याइएको गाडी सञ्चालन भएको जिल्लामा अहिले साना तथा ठूला गरी तीन सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।