सेनाको गाडी दुर्घटना हुँदा ९ सैनिकको मृत्यु
काठमाडौ । भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ सैनिकको ज्यान गएको छ । भारतीय सेनाको गाडी शनिवार साँझ लद्दाखमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको समाचारमा उल्लेख छ । गाडीमा १० सैनिक सवार थिए ।
सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको थियो ।


