ताप्लेजुङमा ‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी

फुङ्लिङ (ताप्लेजुङ), ९ मङ्सिर : जैविक विविधतामा ताप्लेजुङ एक दुलर्भ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा बासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरबाट नै जनचेतनको विकास गर्ने उद्देश्यले विद्यालयमा रेडपाण्डाका गतिविधिका बारेका पढाइ हुँदै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपाण्डाको बास स्थान जोडिएका बस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो ।

विद्यार्थीलाई पढाइसँगै रेडपाण्डाको चरन क्षेत्र तथा बास स्थानको प्रत्यक्ष अध्ययन गर्नुका साथै अवलोकन गर्दै आएका छन् । गत बिहीबार फुङ्लिङ नगपालिका–१० अवस्थित माध्यमिक विद्यालयका ३२ र शुक्रबार फक्ताङलुङ गाउँपालिका–३ सिंवा माध्यमिक विद्यालयका २४ विद्यार्थीले रेडपाण्डाका गतिविधिका बारेमा अध्ययन गर्नुका साथै बासस्थानको प्रत्यक्ष अवलोकन गरेका छन् ।

रेडपाण्डा आधारित आउटडोर शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई रेडपाण्डाको बासस्थानको अध्ययन तथा अवलोकन गइएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

विद्यार्थीले फुङ्लिङ नगरपालिका–९ देउरालीमा अवस्थित हिमालय हाब्रे सेन्टरको अध्ययन तथा अवलोकनसमेत गरेका छन् । हाब्रे सेन्टरको बनावट, आगामी योजनाका बारेमा मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभएको थियो ।

ताप्लेजुङको सदरमुकामदेखि नजिकै रहेको देउराली भित्री सामुदायिक वन क्षेत्रमा विद्यार्थीले रेडपाण्डाको अध्ययन तथा अवलोकन गरेका मञ्चका प्राविधिक सुमन राईले बताउनुभयो । उहाँका अनुसार देउराली भित्री सामुदायिक वन विशेष गरी रेडपाण्डाको बासस्थान क्षेत्रमा पर्दछ ।

अवलोकनका क्रममा विद्यार्थीले क्यामेरामार्फत निगरानी गर्न, वनमा रहेका रुखको मापन गर्न, जिबिएस(ग्लोबल पोजिसन सिस्टम)मार्फत स्थान पत्ता लगाउनेलगायत प्रक्रियाका बारेमा जानकारी गइएको रेडपाण्डा नेटवर्कका संयोजक वाङ्चु भोटियाले बताउनुभयो ।

कक्षाकोठमा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको माध्यमिक विद्यालयका शिक्षिका टीका निरौलाले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।