शालिन मृत्यु प्रकरण : अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

काठमाडौँ । छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो ।

फागुन १२ गते बिहान १०:३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

हाल सो घटनाको गम्भीर रूपमा थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ। ‘बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भई रहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनिएको छ ।

घटनाको तथ्य परक वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सम्प्रेषित विषय बस्तु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।