यस्तो आयो शालीनको पोष्टमार्टम रिपोर्ट

काठमाडौं, २० फागुन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । मृतक शालिनको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ भएको उल्लेख गरेको बताइएको छ ।

शालिनको परिवारले उक्त विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टेल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु अहिले पनि प्रहरीको हिरासतमा छन् ।

शालिन मृत्यु प्रकरणमा उनको परिवारले न्यायका लागि भन्दै अयिभान नै चलाएपछि अहिले सामाजिक सञ्जाल खुबै तातेको छ । सामाजिक सञ्जालमाफर्त विशिष्ट व्यक्तिहरुले समेत उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो सामाजिक सञ्जालमार्फत शालिनको मृत्युले आफूलाई दुःखी तुल्याएको भन्दै वस्तुनिष्ठ छानविन गरेर दोषीमाथि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
त्यसैगरी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले समेत शालिन मृत्यु प्रकरणको सत्यतथ्य छानविनका लागि सरकारको ध्यानाकार्षण गराएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।