मोरङ र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, फाल्गुन २० । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ७ बजे उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र २-०१-००२ प २०२८ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानिय ५४ बर्षिय बिदुर रेग्मीलाई ठक्कर दिँदा घाईते भएकोमा उपचारको क्रममा न्युरो अस्पताल बिराटनगमा राती साढे ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल चालक चौदन्डीगढी नगरपालिका-६ का २४ बर्षिय अमद कुमार दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी शनिबार दिउँसो पौने १ बजे मोरङको सुन्दरहरैचा नगरपालिका- ७ ठडिया स्थित पुर्व पश्चिम राजमार्गमा ईटहरीबाट बेलबारीतर्फ आउदै गरेको प्र १-०१-००१ ख ४०३४ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा भारतको लुवाघाट बस्ने ५२ बर्षिया मिरा कुमारी श्रेष्टलाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते उनलाई उपचारकोलागी बिराटटिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो भने बस र चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४० बर्षिय प्रेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।