झापा र मोरङबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, फाल्गुन २० । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ७ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले होटल संचालक ३५ बर्षीय सरोज थापा र शिवसताक्षी- ६ का ३० बर्षीय बिष्णु खड्कालाई ३८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर- १६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दमक नगरपालिका- ८ का २० बर्षीय रमेश राजबंशी र १९ बर्षीया कोपिला राजबंशीलाई ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले लुपिजेसीक, डाईजेपाम, ऐभिल र फेनारागन गरी जम्मा ५२ एम्पुल नियन्त्रीत औषधी सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा- ५ बाट १ के.जी. गाँजा सहित स्थानीय मुनिया खातुनलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।