भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम

विराटनगर,फागुन १९ । विराटनगर ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ ।

शनिबार विराटनगर ११ वडा स्तरिय प्रतियोगितात्मक भजन किर्तन कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ । प्रथम भएको समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै शुभलक्ष्मी भजन किर्तन समूह तेस्रो हँुदै २ हजार नगद, चोथो हुने विहानीपथ भजन किर्तन समूहले एक हजार र पाँचौ हुने लक्ष्मीनारायण भजन किर्तन समूहले एक हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी हुने समूहहरूलाई विराटनगर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जेष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष अर्जुनकुमार भट्टराई,सचिव इन्द्रप्रसाद खतिवडाले नगद पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विराटनगर वडा नं ११ का २२ वटा भजन किर्तन समूहहरू सहभागि थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।