को हुन् अनन्त अम्बानीकी हुनेवाला श्रीमती?

एजेन्सी । विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी विवाह गर्दैछन्।

उनले १२ जुलाईमा आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्न लागेका हुन्। हाल जामनगरमा उनीहरूको प्रि-वेडिङ समारोह चलिरहेको छ। उक्त समारोह १ मार्चदेखि ३ मार्चसम्म चल्नेछ।

अनन्तकी हुनेवाला श्रीमती राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। जो भारतका धनी व्यक्तिको सूचीमा आउँछन्। राधिका पनि व्यवसायमा संग्लन छिन्।

राधिकाले न्युयोर्कबाट आफ्नो पढाइ पूरा गरेकी हुन्। उनी नृत्यमा रूचि राख्छिन्। भारतीय सञ्चारमाध्यम वानइन्डियाका अनुसार राधिकासँग कुल सम्पत्ति ८/९ करोड भारू छ। उनको बुबा वीरेनसँग करिब ७५५ करोड भारू सम्पत्ति छ।

राधिकाको जन्म गुजरातमा भएको हो। उनले न्युयोर्क युनिभर्सिटीबाट राजनीति र अर्थशास्त्रमा स्नातक पढेकी हुन्। व्यवसायिक परिवारकी राधिका र अनन्तको भेट बाल्यकालदेखि नै हुने गरेको बताइएको छ।

राधिका र अनन्त लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले गतवर्ष इन्गेजमेन्ट गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।