सपनामा मृत्यु भइसकेका मानिस आउनुका ९ संकेतहरु..!

एजेन्सी । सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।

१.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृत व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएका कारण अब घरका सदस्यले उसको मृत्युका कारण दुखि नहुनु भन्ने संकेत गर्छ ।

२.यदि सपनामा मृत्यु भएको व्यक्ति आक्रोसित अर्थात रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । मृत्यु हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ । त्यसैले सपनामा मृत व्यक्ति रिसाएको देखिएमा हामीले सम्झिएर भए पनि उसका बाँकी इच्छा पूरा गर्दिनु पर्छ भन्ने बुझ्नुपर्छ ।

३.यदि मृत्यु भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दुखी र रोहिरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।

Simple Explanation of NFT
४.सपनामा केही टाढाको सम्बन्ध भएको मृत व्यक्ति देखिएमा उसले तपाइँबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

५.यदि मृत व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने उ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा मृत व्यक्तिको परिवारले उसको आत्माको शान्तिको लागि कुनै उपाय अपनाउनुपर्छ । मृत व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

६.यदि सपनामा मृत व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दै छ भन्ने बुझिन्छ ।

७.मृत व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

८.यदि सपनामा मृत व्यक्ति कपडा नलाएको अवस्थामा, जुत्ता चप्पल नलगाएको अवस्थामा अर्थात भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु मृत व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ ।

९.यदि मृत व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।