आज नेपालको कम्युनिष्ट आन्दोलनका पाँच योद्धाको हत्या गरिएको दिन,सुखानी स्मृति दिवस

काठमाडौं । आज फागुन २१ अर्थात् सुखानीमा कम्युनिष्ट योद्धाको हत्या गरिएको दिन ।

२०२९ साल फागुन २१ गते पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धालाई पञ्चायतका क्रूर शासकले जेल सार्ने नाममा सुखानीको जंगलमा लगी हत्या गरेका थिए ।

पूर्वी नेपालमा २०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीले झापा जिल्लामा वर्ग शत्रु खत्तम अभियान सुरु गरेको थियो । २०२८ सालमा झापामा कम्युनिष्टको नेतृत्वमा केही सामन्तहरू काटिएका आरोपमा कम्युनिष्ट नेताहरू पक्राउ परेका थिए । कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न कम्युनिष्ट नेताहरू पक्राउ गरिएको भए पनि पूर्वी नेपालमा कम्युनिष्ट आन्दोलन अझ चर्किएको थियो ।

त्यसबाट डराएका पञ्चायत शासकले झापाको चन्द्रगढी जेलमा रहेका कम्युनिष्ट नेताहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई २०२९ साल फागुन २१ गते राति इलाम जेल सरुवा गर्ने भनी जेलबाट निकालेर झापाको खुदुनाबारीाको सुखानी जंगलमा पुर्‍याएर गोली हानी हत्या गरेका थिए ।

उहाँहरूको स्मृति झापामा सुखानी सहिद स्मृति प्रतिष्ठान स्थापना भएको छ । सो प्रतिष्ठानले हालको अर्जुनधारा नगरपालिकाको वडा नं ९ र ११ को २४ दशमलव ६ हेक्टर जमिनमा सुखानी सहिद स्मृति पार्क निर्माण गरेको छ । २०५८ सालदेखि निर्माण सुरु गरिएको सो पार्कमा सहिदहरूको प्रतिमा राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा ड्याम बाँधेर पोखरी निर्माण गरिएको छ । सहिदहरू प्रति सम्मान जनाउन वार्षिक एक लाख बढी पर्यटक सुखानी पुग्ने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।