वर्तमान गठबन्धनको बैठक भत्कियो, नयाँ गठबन्धन बन्ने पक्का
काठमाडौं – एमालेसहितको नयाँ सत्ता समीकरले आकार लिएपछि कांगेससहितको वर्तमान समीकरणको बैठक रद्द भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बस्ने भनिएको थियो।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, मन्त्री हेरफेर, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा छलफल हुने बताइएको थियो।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टीसहितको नयाँ सत्ता समीकरणको औपचारिकता लागि एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ।


