नेकपा (एमाले) आजै सरकारमा सहभागी हुने : पदम गिरी मन्त्री बन्दै
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) आजै सरकारमा सहभागी हुने भएको छ।
कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुटेर एमालेसहितको नयाँ गठबन्धन बनेपछि एमाले सरकारमा जान लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
रवि लामिछाने नेतृत्वको रास्वपा पनि सरकारमा जाने निश्चित् भएको जनाईएको छ ।


