रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने सहमती, आजै सपथ खाने
काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको स्रोतले दाबी गरेको छ।
नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्रीको पोर्टफोलियोमा सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। त्यस्तै, नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमति रहेका बुँदामा पनि सहमति जनाउने निश्चित भएको छ।
ओलीले संक्रमणकालीन न्यायका असहमति रहेका बुँदामा सहमति जनाएसँगै यससम्बन्धी विधेयक अनुमोदनका लागि सोमबार कानुन समितिको बैठक बस्ने भएको छ।
यादवको घरमा तीन घन्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष बिष्णु पौडेल र माओवादी उपमहासचिव बर्षमान पुनले फेरि छलफल गरेका छन्।


