झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, फाल्गुन २१ । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगंज गाउँपालिका-२ का ३६ बर्षिय अजय हेमरमल र लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न रहदै आएका अटो चालक २६ बर्षिय सम टुडुलाई प्र.१-०१-००१ ह ९९१० नम्बरको अटो र लागुऔषध ब्राउनसुगर २० ग्राम सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी मोरङको उर्लावारी नगरपालिका-३ संजोरा पुल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले प्र.१-०१-०१६प.४८३० नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित औषधी ट्रामाडोल ३५० र स्पासमिट २९० ट्यावलेट सहित झापाको कमल गाउँपालिका-५ का ३२ बर्षिय राजन लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी प्रहरीको सोही टोलिले मोरङको उर्लावारी नगरपालिका-४ आईतवारे स्थितबाट २४ बर्षिय रंजित चौधरी, २२ बर्षिय प्रविन चौधरी र २१ बर्षिय सुजन वराइलीलाई प्रतिबन्धित औषधी १७० ट्यावलेट र लागुऔषध गाँजा १५० ग्राम सहित नियन्त्रणमा लिएको थियो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖