दुईदिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न

विराटनगर । गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।

गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

उहाँले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा तालिमको चौचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । उहाँले महानगरपालिका नपुगेको ठाउँमा गैससहरु पुगेर जनताको सेवा गर्ने गरेको उल्लेख गर्नुभयो । “१९ वटै वडाको टोल–टोलमा महानगरपालिका नपुग्न सक्छ,” उहाँले भन्नुभयो, “तर गैससले आफ्ना गतिविधिमार्फत हरेक टोलमा पुग्न सक्छ ।” गैससले महानगरवासीको वास्तविक समस्या पहिचान गर्न सक्ने बताउनुभयो ।

गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा पन्तले महानगरपालिकाले गैससहरुलाई विगतदेखि नै सहयोग गर्ने गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले प्रशिक्षार्थीहरुलाई प्रस्तावना र प्रतिवेदन लेखनसम्बन्धी तालिम दिनुभएको थियो ।

महानगर क्षेत्रभित्र सञ्चालित गैससका ५० जना प्रतिनिधिहरु तालिममा सहभागी भएको गैसस मोरङकी सचिव सरिता खनालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।