मोरङमा सशस्त्र प्रहरीका डिएसपी बस्याल झुन्डिएको अवस्थामा मृत भेटिए

विराटनगर । मोरङमा सशस्त्र प्रहरीका डिएसपी उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका छन् ।

डीएसपी बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख रहेका डिएसपी बस्याल मृत फेला परेका हुन् ।

कार्यालयभित्रै डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

घटनाको अनुसन्धानका प्रहरी घटनास्थल पुगिसकेको जनाइएको छ ।

पाल्पा सदरमुकाम तानसेन घर भएका बस्याल पाँच महिनादेखि उक्त विओपीमा कार्यरत रहेका थिए ।

उनी १८ बर्षअघि आजैकै दिन सशस्त्र प्रहरी बल सेवामा प्रवेश गरेका थिए ।

बस्यालले आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाकाे वास्तविकता पत्ता लाग्ने बताए ।

सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।