कांग्रेस-माओवादीको गठबन्धन आकस्मिक टुटेको थिएन, यस्ता छन् प्रमाणहरु !

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) र माओवादीबीच पुनः सत्ता सहकार्यको यात्रा सुरु भएको छ । एमाले–माओवादी मिलेर बनेको नेकपा विघटन र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । उनको पार्टी पनि देउवा नेतृत्वको सरकारमा सहभागी भयो । साथै, २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी–कांग्रेसले गठबन्धन गरेर सहभागी भए ।

निर्वाचनपछि प्रचण्डले पहिलो चरणमा आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिए, देउवा दिन तयार भएनन् । ०७९ पुुस १० अन्तिम समयसम्म पनि प्रचण्ड देउवालाई फकाउन तल्लिन रहे । देउवाले आफ्नो हठ नछाडेपछि उनले ओलीलाई अस्त्रको रुपमा प्रयोग गरे । आधा–आधा सरकारको नेतृत्व गर्ने गरी पहिलो चरणमा प्रधानमन्त्री बने । कांग्रेससँगको टुट्यो ।

प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री बनेपनि ओली ‘सुपर प्राइम मिनिस्टर’ हाबी हुन खोजे । जसका कारण प्रचण्ड झस्किए । ओली–प्रचण्डबीचको सत्ता सहकार्यको सपना फागुन २५ (राष्ट्रपति निर्वाचन) सम्म आइपुग्दा भङ्ग भयो ।

त्यसपछि विविध संका–उपसंका, आरोप–प्रत्यारोपबीच अगाडि बढिरहेको माओवादी–कांग्रेसबीचको गठबन्धनमा आज विहानबाट ब्रेक लागेको छ । यद्यपि कांग्रेस–माओवादीबीचको गठबन्धनमा लागेको ब्रेक आकस्मिक भने होईन् । रिपोर्टर्स नेपालले गत माघ ६ गते सत्ता गठबन्धनमा संकट सुरु भएको समाचार प्रकाशन गरेको थियो । त्यसपछि रिपोर्टर्स नेपालले कांग्रेस–माओवादीबीचको गठबन्धन ढाल्नेबारे भइरहेको अभ्यास बेलिबिस्तार सार्वजनिक गर्दै आएको थियो । सम्भवतः कांग्रेस–माओवादीबीचको गठबन्धन टुट्ने र नयाँ समीकरणसहित सरकार बन्नेबारे दाबी गर्दै लेख्ने हिम्मत गर्ने एकमात्र मिडिया रिपोर्टर्स नेपाल हो । गत माघ ६ गते रिपोर्टर्स नेपालले पाएको सूचना र त्यसपछिको फलोअप रिपोर्टका आधारमा तयार भएका समाचार आज आएर पुष्टि भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।