माधव नेपाल फकाउँदै ओली

काठमाडौं,२२ फागुन । पूरानो गठबन्धन दुर्घटनामा परेर नयाँ सत्ता गठबन्धन निर्माण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरेर सत्ता गठबन्धनमा आउन आग्रह गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल अस्वस्थ भएर घरमै आराम गरिरहेका छन् । नेपाललाई सोमबार साँझ अर्का पूर्व प्रधानमन्त्री ओलीले टेलिफोन गरेका हुन् । ओलीले टेलिफोनमा नेपाललाई स्वास्थ्य लाभको कामना गर्दै मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

ओलीले फोन गर्दा एमाले र माओवादी केन्द्रका केही नेताहरु पनि साथमै रहेको स्रोतले जनाएको छ । ओलीले नेपाललाई सत्ता गठबन्धनमा सामेल हुन गरेको आग्रहलाई नेपालले पनि सकारात्मक रुपमा लिएको स्रोतको दाबी छ ।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेयता पानी बाराबारको अवस्था रहेको छ । यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले समेत नेता नेपाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । प्रचण्डले नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि ल्याउन कसरत गरिरहेका छन् । सोही कसरतस्वरुप पूर्वप्रधानमन्त्री नेपाललाई फकाउन उनकै निवासमा पुगेको आकलन गरिएको छ ।

कांग्रेससँग गठबन्धन तोडेर (एमाले)सँग नयाँ गठबन्धन बनाउने प्रक्रियामा प्रचण्डले आफूसँग कुनै सल्लाह नगरेको भन्दै नेपाल रुष्ट देखिन्छन् ।

कांग्रेस सम्मिलित गठबन्धन तोडेर सोमबार एमालेसहितको गठबन्धन बनेको थियो । गठबन्धनमा एमाले-माओवादीसहित रास्वपा र जसपा अटे पनि एकीकृत समाजवादी भने अटेको छैन ।

यसअघि केही दिनअघि नेपालले जनकपुर पुगेर देश बनाउने कुरामा सबै पूर्वप्रधानमन्त्रीहरूबीच सहकार्य हुनुपर्ने बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।