झापा र मोरङबाट लागुऔषध सहित ५ जना पक्राउ

बिराटनगर, फाल्गुन २२ । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो ।

यस्तै झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।