कोटेश्वर पुगेका प्रचण्डलाई माधव नेपालले सुरूमै झपारे

काठमाडौं, २२ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आक्रोश पोखेका छन् । हिजो (सोमबार) साँझ पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लिएर माधव नेपालको निवासमा पुग्दा प्रचण्डले सुरुमै नेपालको गाली खानु परेको खुलेको छ । एमालेसँग गठबन्धन बनाउने विषयमा आफूलाई कुनै थाहै नदिई कदम चालेको तर सत्ता गणितमा साथ चाहिने हुँदा आफूकहाँ आएको भन्दै माधव नेपाल प्रचण्डसँग सुरुमै फायर भएका थिए ।

प्रचण्डसँग आफ्नो चर्काचर्की परेको कुरा माधव नेपालले ऋषि धमलसँगको संक्षिप्त कुराकानीमा यसरी सुनाए–‘सत्ता गणितमा समस्या पर्ने भएपनि उहाँ आउनुभएको हो, मैले जहिल्यैपनि तपाईंबाट राम्रो व्यवहार पाईनँ ।’ नेपालले एमाले फुटाएर आफूले प्रचण्डलाई साथ दिँदापनि पटक पटक धोका दिएको भनेर गुनासो राखेका थिए । प्रधानमन्त्री प्रचण्ड भने बालुवाटारबाट माधव नेपालको निवासमा निस्किन लाग्दा ओलीसँगै थिए ।

ओलीले भने बालुवाटारबाटै माधव नेपालसँग फोनमा छोटो कुराकानी गरेका थिए । ओलीले कुराकानीको सुरुवातमा नेपालको स्वास्थ्यबारे चासो राख्दै स्वास्थ्यलाभको कामना गरेका थिए। र, प्रधानमन्त्रीको प्रस्तावमा आफ्नो पनि सहमति हुने भन्दै सत्ता–सहकार्यको लागि आफ्नो तर्फबाट कुनै अवरोध नहुने कुराको विश्वास दिलाएका थिए । यसपटक माधव नेपालले ओलीसँग खुलेरै कुरा गरे । तर, आफूलाई भेट्न घरमै आएका प्रचण्डसँग भने उनको आक्रोश थियो ।

माधव नेपालले आफूलाई मुखमै आएको प्रधानमन्त्रीबाट बञ्चित गराउन सबैभन्दा ठूलो धोका प्रचण्डबाटै भएको भनेर विश्वासपात्रहरुसँग गुनासो गर्न थालेका छन् । कांग्रेससँगको गठबन्धनबाट माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने निश्चित् थियो । कांग्रेस–माओवादी गठबन्धनमा खटपट् हुनुको प्रमुख कारण कांग्रेस नेताहरुले समयअगावै माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सार्नुपनि हो पनि भनेर चर्चा गर्न थालिएको छ ।

प्रचण्डसँगको हिजोको भेटमा माधव नेपाल निकै आक्रोशित सुनिएका थिए । उनले आफूले नेकपाको शक्ति–संघर्षदेखि एमाले विभाजन गर्दासम्म प्रचण्डलाई साथ दिएको स्मरण गराउँदै तर दाहालले भने जहिल्यैपनि धोकामात्रै दिएको भन्दै आक्रोश पोखेका थिए । दुई नेताबीचको भेटवार्ताले एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा सामेल हुने र सत्तारोहणको तयारीमा छन् । माधव नेपालले आज/भोलिभित्रै नयाँ गठबन्धनमा सामेल हुनेबारे निर्णय लिने बालुवाटारको विश्वास छ । एमाले अध्यक्ष ओली पनि माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर जाने तयारीमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।