एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल
काठमाडौ । नेकपा एमाले प्रतिनिधि सभा संसदीय दलकाे प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएकाे छ ।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बर्ताैलालाई प्रमुख सचेतक र बराललाई सचेतकमा नियुक्त गर्नुभएकाे हाे ।
प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएसँगै बर्ताैलालाई प्रमुख सचेतक बनाइएकाे हाे । यसअघि बर्ताैला सचेतक हुनुहुन्थ्याे ।


