मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।

बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले पक्राउ गरेको हो । घटना घटाउनु कारण खुलिनसकेको बताएको प्रहरीले केहिबेरपछि संलग्न आरोपीलाई सार्वजानिक गर्ने तयारी गरेको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा बसेर पढ्दै आएकी थिइन्।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले एकजना पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिएका छन् । उनले पक्राउ परेका व्यक्तिका विषयमा अहिले नै संलग्न यकिन भईनसकेको बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖