सरकारमा पुरानै सेट पठाउने ओलीको तयारी, विष्णु र विमलाको स्थानमा को ?

काठमाडौं,२२ फागुन । नेकपा एमालेले सरकारमा गत वर्षकै मन्त्तीहरुलाई निरन्तरता दिने तयारी गरेको छ । एमाले निकट स्रोतका अनुासर गत वर्ष पुस १० गते बनेको सत्ता समीकरणमा सहभागी भएका मन्त्रीहरुलाई नै निरन्तरता दिने तयारी एमालेले गरेको हो ।

गत वर्ष एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा गएको थियो । एमालेबाट पौडेल अर्थमन्त्री बन्दा पदम गिरी स्वास्थ्य, राजेन्द्र राई भूमि व्यवस्था, ज्वालाकुमारी साह कृषि, हरि उप्रेती रक्षा, डा विमला राई पौड्याल परराष्ट्र, भगवती चौधरी महिला बालबालिका र दामोदर भण्डारी उद्योग मन्त्री बनेका थिए । जसमध्ये गिरी सोमबार नै बिनाविभागीय मन्त्रीको रुपमा सरकारमा सामेल भईसकेका छन् ।

मन्त्रालयको संख्यामा भागबन्डा मिलिनसकेको कारण एमालेले कति मन्त्रालय र कुन मन्त्रालय पाउँछ निश्चित भईसकेको छैन् । तर, एमालेले कम्तिमा ८ मन्त्रालय पाउने बताईएको छ ।

अहिले विमला पौडेल सांसद छैनन्। उनी राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गरेर दुई दिनअघि नै बिदा भइसकेकी छन्। प्रचण्ड नेतृतवको अघिल्लो सरकारमा एमालेको नेतृत्व गर्दै अर्थमन्त्री बनेका विष्णु पौडेल यसपटक सरकारमा जाने सम्भावन छैन। अर्थमन्त्री एमालेको भागमा नपर्ने भएपछि पौडेल सरकारमा नजाने भएका हुन्।

विष्णु पौडेल र विमला पौडेलबाहेक अघिल्लो पटक ३२ दिनमात्रै मन्त्री बनेका ६ नेतालाई एमालेले फेरि पनि सरकारमा पठाउने तयारी गरेको एमाले स्रोतले जनाएको छ।

पौडेल र पौड्याल सरकारमा नजाँदा एमालेबाट विद्या भट्टराई र जुलीकुमारी महतो मन्त्री बन्ने चर्चामा छन् ।

एक वर्षअघि छोटो समय मन्त्री बनेर पनि राम्रो काम गरेको, जनतामाझ सकरात्मक सन्देश गएको हुँदा एक पटक पुरानै सेट दोहोर्याउनुपर्ने माग एमालेमा बढ्दै गएपछि अ‍ोली पनि यसबारेमा सकरात्मक रहेको स्रोतको दाबी छ ।

मधेशबानट ज्वाला मन्त्रीमा दोहोरिए जुली मन्त्री बन्न पाउने छैनन् । त्यसोत मधेशबाट एमाले सचिव रघुवीर महासेठ आफै सरकारमा जाने तयारीमा छन् । महासेठ र जुली श्रीमान-श्रीमती हुन् । गत वर्षको आम निर्वाचनमा धनुषाबाट एकसाथ प्रत्यक्ष निर्वाचन जितेर तहल्का पिटेका महासेठ दम्पतीमध्ये एक जना यसपटक मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोतको दाबी छ ।

महासेठ, महतो र भट्टराईको अतिरिक्त एमालेबाट मन्त्री बन्नेमा पूर्वमन्त्रीहरु गोकुल बाँस्कोटा, एलपी सावा लिम्बू, लिलानाथ श्रेष्ठ लगायतको नाम पनि चर्चामा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।