प्रचण्ड–ओलीको प्रस्तावबारे एकीकृत समाजवादीले आज निर्णय गर्दै

काठमाडौं, फागुन २३ । नवगठित सत्ता गठबन्धनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले राखेको प्रस्तावमाथि एकीकृत समाजवादीले आज निर्णय लिदैछ ।

अहिले बिहान ११ बजे बस्ने समाजवादीको बैठकले गठबन्धनमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्न लागेको हो । मंगलबार बेलुका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालको कोटेश्वर निवासमा पुगेर गरेको छलफलमा सत्ता सहकार्यको लागि प्रस्ताव गरेका थिए ।

दुई घण्टा लामो उक्त भेटघाटमा प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाउनुपर्नाको कारणबारे विस्तृतमा व्याख्या गरेका थिए ।
नेपाल निवास कोटेश्वरबाट बाहिरिने क्रममा ओलीले माधव नेपालसँगको छलफल सकारात्मक भएको बताएका थिए ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव भुसाल, प्रेम आले पनि सहभागी थिए । नेपाली कांग्रेस–माओवादी गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले अब संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖