छोराकै उमेरकी प्रेमिका, भागेर बिहे गर्न नमान्दा हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

मंगलवार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो । सोमवार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो ।

बाराको सिमरामा घरै बनाएर बस्दै आएका चौधरीले योजनावद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरी विवाहित पुरुष हुन् । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले सार्वजनिक व्यक्तिको एक श्रीमती र १४ वर्षीय छोरासमेत छन् ।

वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा सामाजिक सञ्जालमार्फत छोराकै उमेरकी ज्ञानमतिसँग चिनजान भएको थियो । विदेशबाट फर्किएर बाराको सिमरामा घर बनाएर बस्दै आएका धीरेन र ज्ञानमतिबीच भेटघाट हुने गरेको थियो । तर ज्ञानमतिका परिवारले नस्वीकारेपछि हत्या गरेको हुनसक्ने प्रहरीको आँकलन छ ।

हत्यापछि फरार बनेका चौधरीलाई प्रहरीले गएको राति नै बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको थियो । दसी–प्रमाण जुटाएर प्रहरीले आज अपराह्न मात्र सार्वजनिक गरेको हो ।

प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।