रुसी सेनामा भर्ती गराइदिन्छु भन्दै भिजिट भिसामा रुस पठाउने युवती पक्राउ

काठमाडौ । रसियन सेनामा भर्ती गराइदिन्छु भन्दै नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाउने एक जना महिला पक्राउ परेकी छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङ दूधपोखरी–१ घरभई हाल काठमाडौं टोखा बस्ने बिनिता गुरुङलाई पक्राउ गरेको हो।

गुरुङले एसएलसी फेल भएका भिमबहादुर बुढाको नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाएको प्रहरीले जनाएको छ। गुरुङले बुढालाई रुसी सेनामा भर्ती गराइदिने आश्वासन दिएर रुस पठाएको पाइएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए।

रुस जान ६ लाख ५० हजार लाग्ने भन्दै बुढाबाट गुरुङले पटक–पटक गरी ३ लाख ४६ हजार रकम बुझेको पाइएको छ।

‘रुसी सेनमा भर्ती भएपछि मासिक तीन लाख आउँछ भन्ने आश्वासन दिइएको रहेछ,’ एसपी रेग्मीले भने, ‘त्यो रकम बुझेर भिजिट भिषामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू नक्कली बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर रुस पठाइएको रहेछ।’

रुस पुगेपछि त्यहाँको एयरपोर्टमा बुढाको कागजात नक्कली भन्दै फिर्ता पठाइएपछि यो कुराको खुलासा भएको हो।

‘त्यहाँबाट फर्किएर बुढाले आफू ठगिएको उजुरी वैदेशिक रोजगार विभागमा दिएपछि सोमबार हामीले पक्राउ गरेका हौं,’ एसपी रेग्मीले भने।

गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।-नागरिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।