नवगठबन्धनमा एकीकृत समाजवादीलाई रोक्ने कांग्रेसको प्रयास, माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपालको निवास पुगेका छन् ।

नेपाललाई भेट्न देउवा पत्नी आरजु राणासहित माधव निवास पुगेका हुन् । देउवाले मंगलबार साँझ नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।

बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवासहितका नेता पुगेका हुन् ।

राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए।

नेपाललाई नयाँ गठबन्धनमा सहभागी गराउन ओली र दाहालको दौदधुप बढेको छ । देउवा साना दलसँग मिलेर नयाँ गठबन्धन बनाउन पहल गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।