एमालेले पुरानै सेट सरकारमा पठाउने, विष्णुको ठाउँमा रघुवीर जाँदा विमलाको स्थानमा बलराम

काठमाडौं,२३ फागुन । नेकपा एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ ।

८ मध्ये एमालेले गत वर्ष पठाएको ६ जनालाई यसपटक निरन्तरता दिँदा २ जना नयाँ अनुहारले मौका पाउने भएका छन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

एमालेले अर्थ मन्त्रालय पाएको भए उपाध्यक्ष विष्णु पौडेल सरकारमा जाने चर्चा थियो । तर, सो मन्त्रालय नपापछि पार्टी सचिव महासेठले सरकारको नेतृत्व गर्न लागेका हुन् । उनी यसअघि उपप्रधानसहित परराष्ट्र मन्त्री भईसकेका छन् । अधिकारी पहिलो पटक मन्त्री बन्न लागेका हुन् । गत वर्षनै मन्त्रीको सूचीमा परेपनि डा विमला राई पौड्याल मन्त्री बनेपछि उनको नाम काटिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।