ओली–प्रचण्ड आकस्मिक पार्टी एकताको लागि पनि तयार

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बनाएपछि नेपाली राजनीतिक तरंगित बनेको छ । नयाँ गठबन्धन आकस्मिक रुपमा गठन भएपनि यसको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको लामो तयारी थियो ।

रिपोर्टर्स नेपाल डटकमले मंसिर २७ गते नै पुष १० गते अगावै प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध सुधारको प्रयासमा ओली, देउवा तीन छक्क !शीर्षकमा समाचार लेखेको थियो । जुन तीन महिनापछि पुष्टि भयो । अहिले एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनिसकेको छ । तर, प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनको लागि सुरुमै झट्का व्यहोर्नुपरेको छ । खासगरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई विश्वासमा लिनको लागि दाहाल र ओलीलाई सकस परेको छ । यो बीचमा भूराजनीतिक सक्रियता पनि बढेको छ। अहिले एमाले र माओवादीलाई चीनको पहलमा सहकार्यको विन्दुमा ल्याईएको चर्चा छ ।

यो बीचमा चिनियाँ राजदूतको अस्वभाविक सक्रियता पनि थियो । चिनियााँ राजदूत छन् सोङले एकै दिन प्रचण्ड, ओली र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटेको थिए । अहिले एमाले–माओवादी गठबन्धनलाई सफल हुन नदिनको लागि भूराजनीतिक सक्रियता बढेको चर्चा छ । यो आशंकालाई बल पुग्नेगरि कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियता र उनले माधव नेपालसँग गरेको भलाकुसारीलाई नयाँ घट्नाक्रमको रुपमा लिन सकिन्छ । देउवाले आजै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट्ने तय भएको छ ।

यादवले नयाँ गठबन्धनमा सामेल भएर सरकारमा जाने गृहकार्य गरेका थिए । तर, उनको दलभित्र अहिले नयाँ गठबन्धनमा सरिक हुने विषयमा गम्भीर भएर सोच्नुपर्ने मत बलियो भएको छ । पार्टीभित्रको असन्तोषका आवाज लिएर यादव बालुवाटार पुगेका छन् । उता, रास्वपाका केही नेताले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रचार गरेका छन् । कांग्रेसका पदाधिकारीमा रहेका नेताहरुले भने उक्त कुरा अफवाह भएको स्पष्ट पारिसकेका छन् ।

नयाँ गठबन्धनलाई सफल हुन नदिने भूराजनीतिक गन्धबारे ओली र प्रचण्डले पनि छलफल गरेका छन् । त्यसको लागि दुवै नेताले पार्टी एकतासम्म तत्काल जानुपर्ने हुनसक्नेगरि आफूलाई मुभ गराएका छन् । पहिलो दल बनेर सरकारमा रहने दुवै नेताको तयारी छ । ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई यसबारेमा केही सूचना चुहाएर अलर्ट रहन भनेका छन् । एमालेबाट विष्णु पौडेल र माओवादीबाट वर्षमान पुनले एकताको लागि प्राविधिक तयारी गरेका छन् ।

एमाले र माओवादीमात्र होइन पछिल्लो समय नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र नेकपाका महासतिव नेत्रविक्रम चन्दा ‘विप्लव’ पनि कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने पक्षमा छन् । विप्लव र खनालको साथले पनि अ‍ोली प्रचण्डबीच पार्टी एकताका लागि थप सहयोग पुर्याउन सक्ने विश्वास दोस्रो तहका नेताहरुले गरेका छन् । पार्टी एकताकै संकेतस्वरुप एमाले माओवादीबीच यो गठबन्धन निर्माण भएको नेताहरुको दाबी छ ।-रिपोर्टर्स नेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।