डीएसपीको सुसाइड नोट : पत्नीसंग क्षमा माग्दै लेखे -मैले जीवनमा तिमिलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु

काठमाडौँ । सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल २१ फागुनमा मृत भेटिए । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रको सीमा सुरक्षा गुल्मका प्रमुख ४२ वर्षीय बस्यालले आत्महत्या गरेको अनुसन्धान निष्कर्ष छ ।पोस्टमार्टम गरेर उनको शव मोरङबाट पाल्पा पठाइएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी अन्जनी पोखरेलले बताए । घटनास्थलमा डिएसपी बस्यालले छाडेको सुसाइड नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सुसाइड नोटमा बस्यालले होसहवासमा आफ्नो प्राण त्याग गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । नोटमा उनले भनेका छन्, ‘काम गर्न नसकेको र काम गर्न खोज्दा कानुनले अप्ठेरो पार्ने खतरा पो भयो ।’बद्नियत पूर्व पवित्र संगठनलाई अप्ठेरो पार्न नखोजेको उल्लेख गर्दै बस्यालले लेखेका छन्–‘तर, संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स ।’

पत्नीसँग क्षमा माग्दै उनले बच्चा राम्रोसँग हेर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मैले जीवनमा तिमिलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु ।’आत्महत्याबारे छानबिन गर्ने नाममा अनावश्यक प्रेसर नगर्न आग्रह गर्दै उनले प्रहरीलाई भनेका छन्, ‘ छानबिनको नाममा प्रेसर नदिनु ।’

उनको नोटको अन्तिममा लेखिएको छ–‘सरि, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।’ पाल्पा घर भएका बस्याल कार्यालय परिसरको कोठाको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।