सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई कारबाही गर्ने रञ्जिताको चेतावनी

काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी छन् । नाउपाबाट हिजो (शुक्रबार) तीन जना मन्त्रीहरु प्रदेश सरकारमा सहभागी भएका थिए । उनीहरुले शपथसमेत लिइसकेका छन् ।

सरकारमा सहभागी हुन पार्टीले अनुमति पनि नदिएको र पार्टीभित्र यस विषयमा छलफलसमेत नभएकाले आफूखुसी सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कारबाही गरिने उनको भनाइ छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन टुटेर एमाले–माओवादीसहितका दलहरुको समर्थनमा संघीय सरकार गठन भएको थियो । नाउपाले केन्द्रीय सरकारमा अहिले सहभागी नहुने बताइसकेको छ । साथै, सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई फिर्ता हुनसमेत नाउपाले भनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।