नयाँ गठबन्धनले जनतामा आशा जगाएको छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ गठबन्धन बनेपछि जनतामा आशा जागेको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२ औँ सम्मेलनको शनिबार पार्टी केन्द्रीय कार्यालयमा उद्घाटन गर्दै उपाध्यक्ष पाण्डेले अघिल्लो सरकारले काम गर्न नसक्दा नागरिकमा निराशा बढेको बताउनुभयो । नयाँ गठबन्धन बनेपछि देशका आर्थिक लगायतका मुद्दामा सुधार हुने आशा नागरिकमा बढेको प्रष्ट पार्नुभयो ।

नयाँ सरकार र गठबन्धनका सामु धेरै चुनौती रहेका पनि पाण्डेले बताउनुभयो । अब पालो आयो भनेर उत्साहित भएर बस्ने नभई चुनौतीलाई सामना गर्ने क्षमता विकास गर्दै जानुपर्नेमा पाण्डेले जोड दिनुभयो ।

पाण्डेले नयाँ बनेको गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताउनुभयो । नयाँ गठबन्धनलाई संसद्को यो कार्यकालको पूरै समय टिकाउँदै नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । यसको प्रमुख दायित्व अब एमालेको काँधमा आएको पनि उहाँले बताउनुभयो ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।