राष्ट्रियसभा अध्यक्षको उम्मेदवार र विश्वासको मत लिने मिति तोक्न माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं, फागुन २७ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो पौने ३ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने विषयमा छलफल हुने जनाइएको छ ।
यहीँ फागुन १६ गते बुधबार बसेको पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले), रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथबाट प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहालले छिट्टै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।


