कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् ।

नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । ´पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदकाे समर्थनमा म मुख्यमन्त्री बनेकाेले उहाँकाे नै भावना अनुसार सर्वदलीय सरकार बनाउन लागिपरेकाे छु,` उनले भने, ´त्यसैले पूर्वमुख्यमन्त्री ज्यूले दिनु भएकै मन्त्र अनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणकाे बजेटसमेत कार्यान्वयनमा लागेकाे छु ।`

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन,` उनले भने, ´त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।’

याे सरकार विरूद्ध बलजफति गर्न जाेसुकैलाई प्रदेश प्रमुख बनाएर संविधान विपरित केही गर्न खाेजिए तत्कालिन प्रधानसेनापति रूक्मांगद कटुबालकाे घटना दाेहाेरिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।