कोशी सरकार हलचल हुँदैन ः मुख्यमन्त्री कार्की

झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रवार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् ।

‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’ उनले भने ।

नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरिएको थियो । यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरियो । यसैगरी छात्रवृत्ति पाउने विद्यार्थीहरूमा दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदार रहेका छन् ।

मुख्यमन्त्री कार्कीले पुरस्कार वितरण गर्दै समाजमा योगदान पुर्याउनेहरुप्रतिको सम्मानले खुसी तुल्याएको बताए । ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ । त्यस कारण प्रमाणपत्रमा अङ्कको मात्र मापनले सिकाई पूर्ण हुन सक्दैन ।’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।