सीमा नाकाका बासिन्दाको जीवन स्तर उकास्नु पर्ने : अध्यक्ष हाजी

गफार अन्सारी,सुनसरी(हरिनगर)हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले भारतको सिमासँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकायसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम(केशकर्तक)को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले सो कुरा बताउनु भएको हो । वहाँले नेपाल भारतको दुवै तिर सशस्त्र प्रहरी बलहरु नरहेका बेला त्यही सिमा नाका क्षेत्रका जनताहरुले सिमा अतिक्रमण रोकेको थियो । उनीहरुको जीवन स्तरमा खासै परिवर्तन हुन नसकेको हुँदा उनीहरुको जीवनस्तर उकास्नका लागि सरोकारवालहरुसँग हरिनगर गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

त्यसका लागि अगामी बजेटमा रकम विनियोजन गरिने समेत जानकारी दिनु भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सिमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले नेपालको भारत र चीनसँगको सिमाबासीहरुलाई शान्ति सुरक्षा , सिमा सुरक्षा र अवैध कारोबार , राजस्व छलीबाट राज्यलाई पर्ने असर र जोखिम बारे सचेतना अभिबृद्धि गर्नुका साथै सिमाक्षेत्रका बेरोजगार युवाहरुलाई विभिन्न किसिमका क्षमता अभिबृद्धि तालिमहरु दिएर आत्मनिर्भर बनाउने सशस्त्र प्रहरी संगठनको मुल उदेश्य रहेको बताउनु भएको थियो ।

सो अवसरमा कोशी प्रदेश १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख , ४ नंं गणका प्रमुख , निमित प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय सुरक्षापोष्टका इन्चार्जहरु ,जनप्रतिनिधिहरु , राजनिति दलका प्रतिनिधिहरु ,पत्रकारहरु समेतको उपस्थिति रहेको थियो । सिमावर्ती क्षेत्रका ३० जनालाई १५ दिने कपाल कटाई तालिमको उदघाटन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।