इलामको रोङ गाउँपालिका–४, कोल्बुङमा छोरीले आमाको किरिया गर्दै
इलाम । आफ्ना बुबा–आमाको मृत्यु हुँदा छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै इलामको रोङ गाउँपालिका–४, कोल्बुङमा छोरीले आमाको किरिया गरिरहेका छन् ।
स्थानीय पत्रकार गणेश अर्यालकी पत्नी तारा रिजाल अर्यालको निधन भएपछि उनका छोरीहरू १८ वर्षीया गरिमा र १४ वर्षीया कृतिकाले अहिले कोरामै बसेर आमाको काजकिरिया गरिरहेका हुन् ।
छोराले जस्तै सेतो वस्त्र लगाएर उनीहरू काजकिरियामा रहेका छन् ।-रुटिन अफ इलाम बन्द


