मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, चैत्र २१ । मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका सँवा ६ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित २ नं. ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जिल्ला अररिया ठगपुरा पञ्चायत बस्ने २६ बर्षीय मनोज ऋषिदेवलाई लागुऔषध ब्राउन सुगर १७.२३ ग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी हिजो बेलुका साढे ७ बजे विराटनगर महानगरपालिका १५ स्थित १ नं. ढाँटबाट लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका १ बस्ने २३ बर्षीय उज्वल गजमेरलाई लागुऔषध एभिल -१० एम्पुल, लुपिजेशिक -१० एम्पुल, फेनारागन-१० एम्पुल, डाइजोपाम-१० एम्पुल सहित पक्राउ गरेको छ ।

यसैगरी हिजै राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ताबाट प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजले बस्ने २३ बर्षीय मो. सकिर अलिलाई लागुऔषध प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।