व्यक्तिगत घटना दर्तासम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सामाजिक सुरक्षा, पञ्जिकरण तथा व्यक्तिगत घटना दर्ता सप्ताह अभियान सम्बन्धी अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ ।

महानगरको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भएको अन्तरक्रियात्मक तालिममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सहजीकरण गर्नुभएको थियो । व्यक्तिगत घटना दर्तामा आवश्यक सुचक र संलग्न गर्नुपर्र्ने कागजपत्रका बारेमा साहले जानकारी गराउनुभएको थियो । महानगरले पहिलो चरणमा वडाध्यक्षहरुलाई व्यक्तिगत घटना दर्ता गर्दा आइपर्ने समस्या र समाधानका उपायका विषयमा जानकारी गराएको हो । कार्यबाहक मेयर मधुबाबु तिवारीको अध्यक्षतामा भएको तालिममा वडाध्यक्षहरुले नागरिकताको सिफारिस गर्दा आइपर्ने समस्या र चुनौतीका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, १० का अर्जुन गिरी, ११ तीर्थेन्द्र नेउपाने, १३ का सूर्यनारायण यादव, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेले नागरिकताको सिफारिसका क्रममा आइपर्ने समस्या र चुनौतीका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

व्यक्तिगत घटना दर्ता सप्ताह अभियानअन्तर्गत महानगरले भोलि बिहीबार १९ वटै वडाका सचिवहरुलाई पनि अभिमुखीकरण तालिम सञ्चालन गर्ने सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो । कार्यक्रममा कार्यबाहक मेयर तिवारीले व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिस गर्दा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पराजुलीले ऐन कानुनले तोकेको र कागजात पूरा गरेको अवस्थामा व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिसमा डराउनु पर्ने उल्लेख गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।