सुनसरीको दुहबीमा एक युवकको शव फेला
दुहबी । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा आज बिहीबार बिहानको समयमा एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्र.नि. मोहन पोखरेलले जनाएका छन् ।
मृतक पुरुष दुहबी १० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन रहेको प्र.नि. पोखरेलले बताए ।
हरिजनको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।-सुन्दरहरैंचा अपडेट


